अटो

ललितपुरमा बीवाईडीको नयाँ शोरुम

इकागज |
माघ ४, २०८० बिहीबार १३:४८ बजे

काठमाडौँ- बीवाईडीले ललितपुरमा नयाँ शोरुमको उद्घाटन गरेको छ । बीवाईडीको ललितपुरका लागि आधिकारिक वितरकको रुपमा इको ड्राइभ अटोमोबाइल प्रालिले पलुचोक आज (जनवरी १७) उक्त शोरुम सञ्चालनमा ल्याएको हो ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उक्त शोरुमको उद्घाटन गरेका हुन् । उक्त अत्याधुनिक शोरुममा नेपालकै पहिलो स्पोर्टी इलेक्ट्रिक एसयूभी बीवाईडी एट्टो ३ र भर्सटाइल बीवाईडी डल्फिनलगायतका विभिन्न अत्याधुनिक इलेक्ट्रिक सवारी साधन हुनेछन् ।


ललितपुरमा उद्घाटन गरिएको नयाँ शोरुमले पनि विश्वव्यापी रुपमा दिगो मोबलिटी समाधान प्रदान गर्ने बीवाईडीको प्रतिबद्धतालाई उजागर गर्ने जनाएको छ । ‘ललितपुरमा यो नयाँ शोरुमको उद्घाटनसँगै नेपालमा आफ्नो उपस्थिति विस्तार गर्न पाउँदा हामी हर्षित छौं' शोरुम उद्घाटनकोअवसरमा नेसनल सेल्स हेड प्रकाश तुलाधरले भने 'यो सुविधाले हाम्रा अत्याधुनिक विद्युतीय सवारी साधनहरू प्रदर्शन गर्ने प्लेटफर्मको रूपमा मात्र काम गर्दैन, यस क्षेत्रमा दिगो यातायात अभ्यास प्रवर्द्धन गर्न एक हबको रूपमा समेत कार्य गर्दछ ।’

आगामी दिनमा छिट्टै ललितपुर क्षेत्रमा एक समर्पित ग्राहक सेवा केन्द्रको समेत स्थापना गरिने बीवाईडीले जनाएको छ । जहाँ विद्युतीय सवारी साधन प्रयोग गर्न चाहने ग्राहकहरुका लागि आवश्यक जानकारी र सहयोग प्रदान गर्न तालिम प्राप्त कर्मचारीहरु रहने छन् । यो नयाँ शोरुम सहित बीवाईडीका अब नेपालभर १२ शोरुम, ९ सर्भिस सेन्टर र १५ चार्जिङ प्वाइन्ट पुगेका छन्।


Author

थप समाचार
x