जिडब्लुएमको इलेक्ट्रिक लक्जरी ओरा ०३ ईभीमा इलेक्ट्रिफाइङ डिल : ५ लाखसम्मको लाभ
काठमाडौँ- भि.जि इम्पेक्स प्रा.लि., नेपालका लागि जि.डब्लु.एमका सवारी साधनहरू (हाभल, पावर, ओरा) का आधिकारिक आयातकर्ता र वितरकले इलेक्ट्रिफाइङ डिलका साथ आफ्नो लोकप्रिय लक्जरी ओरा ०३ इलेक्ट्रिक क्रसओभरका लागि नयाँ बिक्री प्रचार योजना ल्याएको छ ।
यस योजना अन्तर्गत ग्राहकहरूले ओरा ०३ इलेक्ट्रिक क्रसओभरको खरिदमा ५ लाख बराबरको लाभ लिन सक्नेछन् । यो योजनाको अवधि माघ २८ देखि फागुन ३० (फेब्रुअरी ११, २०२४ देखि मार्च १३, २०२४) सम्म रहेको छ, जसमा ग्राहकहरूले आकर्षक नगद छुट, एक्सचेन्ज बोनस, एक वर्ष सम्मको बृहत् बीमा, ७ किलोवाट एसी फास्ट चार्जर र गाडीका एक्सेसरीज प्राप्त गर्न सक्नेछन् ।
ओरा ब्रान्ड अन्तर्गत ओरा ०३ ईभी सबैभन्दा लोकप्रिय मोडलहरू मध्ये एक हो, जुन जि.डब्लु.एमको इलेक्ट्रिक सवारीसाधनमा पर्दछ । यसको रेट्रो- मोडर्न डिजाइन, राम्रो बिल्ड क्वालिटी र आधुनिक सुविधाहरूले भरिपूर्ण भएका कारण अष्ट्रेलिया, न्युजिल्यान्ड, इङ्गल्याण्ड, जर्मनी, थाइल्याण्ड, इन्डोनेसिया, फिलिपिन्स, दक्षिण अफ्रिका, ब्राजिल, चिली जस्ता देशहरूमा छिटो र धेरै लोकप्रियता पाइरहेको छ ।
नेपालमा पनि ओरा ०३ ले आफ्नो अद्वितीय स्टाइल, उत्कृष्ट सवारी गुणस्तर र राम्रो ड्राइभ दायराका कारण छोटो समयमा नै आफ्नो पहिचान बनाउन सफल भएको छ । ओरा ०३ लाई १००% इलेक्ट्रिक प्लेटफर्म (LEMON) मा डिजाइन गरिएको छ र सुरक्षित फिचरहरू भएकाले ओरा ०३ लाई ANCAP र Euro NCAP दुवैबाट फाइभ-स्टार सेफ्टी रेटिङ प्रदान गरिएको छ ।
दुवै ANCAP / Euro NCAP बाट फाइभ स्टार सेफ्टी रेटिङ पाउने केही इलेकिट्रक सवारी सवारी साधन मध्येमा ओरा ०३ सावित भएको छ ।
जि.डब्लु.एम नेपालले ८ वर्ष वा १५,०००० KM पावर ब्याट्री (उच्च भोल्टेज ब्याट्री) (जुन पहिले आउँछ), ड्राइभ मोटर ओरा ०३ र, ४ वर्ष वा १५,०००० KM सबै गाडीमा प्रदान गर्दैछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया