विद्युतीय गाडी बनाउने फिस्करले १५ प्रतिशत कर्मचारी कटौती गर्दै
काठमाडौँ- अमेरिकी अटोमोटिभ कम्पनी फिस्करले १५ प्रतिशत कर्मचारी कटौती गर्ने भएको छ ।
आगामी १२ महिना कम्पनी टिकाउनका लागि पर्याप्त रकम नभएको भन्दै विद्युतीय गाडी बनाउने कम्पनी फिस्करले १५ प्रतिशत कर्मचारी कटौती गर्न लागेको टेकक्रन्चले जनाएको हो ।
फिस्करले जनाएअनुसार उसले रकम उठाउन विभिन्न उपायहरू अपनाइरहेको छ । उसले पहिला सोझै ग्राहकलाई गाडी बिक्री गर्नुका साटो डिलरसिप मोडेलमा काम गरिरहेको छ ।
सन् २०२३ को सेप्टेम्बरसम्म फिस्करमा १ हजार ३ सय कर्मचारी थियो । यसको अर्थ कम्पनीले करिब २ सय कर्मचारीलाई हटाउन लागेको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया