युरो कप फुटबल हेर्न जाने ११ जना नेपाली भए छनोट
काठमाडौँ- बीबाइडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इन्कले युरो कप २०२४ हेर्न जाने ११ नेपालीको छनोट गरेको छ ।
साइमेक्सले शुक्रबार बीवाइडी गाडी किनेका ग्राहकहरू मध्येबाट लक्की ड्र मार्फत भाग्यशाली ११ जना छनोट गरेको हो । बीवाइडी नेपालका ब्रान्ड एम्बेसडर हरिवंश आचार्य र साइमेक्स्का अध्यक्ष अनिल श्रेष्ठले संयुक्त रुपमा लक्की ड्रमार्फ विजेता घोषणा गरेका थिए ।
साइमेक्सले बीवाडीका गाडी किन्ने ग्राहकलाई लक्षित गर्दै ‘नेपाली अब युरो कपमा’ योजना ल्याएको थियो । कम्पनीले गत फेब्रुअरी २६ देखि मे ५ सम्म बीवाइडी गाडी बुकिङ गर्ने ग्राहकहरूबाट ११ जना विजेता घोषणा गरेको हो ।
विजेताहरूले जर्मनीमा हुने यूईएफए युरो कप २०२४ का खेल मैदानमा उपस्थित भई प्रत्यक्ष हेर्न पाउने छन् ।
साइमेक्स इन्कका अनुसार बीवाइडी कस्टमर कार्निभलबाट जयराम न्यौपाने तथा आजको लक्की ड्रबाट शास्वत गौतम, श्याम सुन्दर श्रेष्ठ, सुदर्शन श्रेष्ठ, बिजेन्द्र शाक्य, कविनराज श्रेष्ठ, दिनेश प्याठा यूरो कप हेर्न जान छनोट भएका छन् ।
त्यस्तै, गणेश कँडेल, ममता क्षेत्री, डा जगदीश तिमिल्सिना, प्रदीप पौडेल, बिमल गुरुङ, जयप्रकाश दास र सजिना पाण्डेय छनोट भएका छन् ।
साइमेक्स इन्कका चिफ मार्केटीङ अफिसर समीर श्रेष्ठले यस्ता योजनाले ग्राहकलाई सन्तुष्टि प्रदान गर्नुका साथै खेलकुद प्रतिको समर्थनमा जोड दिने बताए ।
‘नेपाली अब युरो कपमा योजनाको ११ भाग्यशाली विजेतालाई बधाई दिन पाउँदा हामी अत्यन्तै खुसी छौं । यस किसिमका योजनाहरुले ग्राहकवर्गलाई सन्तुष्टि प्रदान गर्ने र खेलकुद प्रतिको हाम्रो समर्थन र प्रतिबद्धतालाई जोड दिने विश्वास छ,’ उनले भने । यो योजना अत्यन्तै महत्त्वपूर्ण रहेको कम्पनीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया