लक्ष्मी हुन्डाई मोटर्सको एसेम्बल प्लान्टमा सञ्चारकर्मीको भ्रमण
काठमाडौँ- लक्ष्मी हुन्डयाई मोटर्सले हुण्डयाई मोटर्समा सञ्चारकर्मीलाई भ्रमण गराएको छ । परासीस्थित रामग्रामको एसेम्बली प्लान्टमा हुन्डयाई भेन्युको एक्सिपिरियन्स र गाडीको टेस्ट ड्राइभ भएको थियो ।
सोही कार्यक्रममा विभिन्न सञ्चार गृहका ६५ जना सञ्चारकर्मीहरू सहभागी भएका थिए । प्लान्टमा सञ्चारकर्मीहरूलाई भ्रमण गराउनुको साथै एसेम्बलीको प्रक्रियाको जानकारी गराइएको थियो ।
पहिलो दिन लक्ष्मी हुन्डयाई मोटर्सको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए । ग्राहक वर्गको आवश्यकता र आकांक्षाहरू पूरा गने लक्ष्य राख्दै सुलभ र पहुँचयोग्य हुन्डयाई कम्पनीले सवारीसाधनको उत्पादनप्रति आफ्नो समर्पण देखाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया