अटो

'मेड इन नेपाल हुन्डाई भेन्यु'को बिक्री सुरु, कति पर्छ मूल्य ?

इकागज |
जेठ ३२, २०८१ शुक्रबार १०:२ बजे

काठमाडौँ- नेपालका लागि हुन्डाई मोटर कम्पनीको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि ले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसन(LMC)बाट नेपालमा नै हुन्डाई भेन्युको व्यवसायिक उत्पादन गरी बिक्री वितरण सुरु गरेको छ । 

लक्ष्मी मोटर कर्पोरेसन, नेपालमा लक्ष्मी ग्रुपको लगानी तथा हुन्डाई मोटर कम्पनीसँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो । लक्ष्मी मोटर कर्पोरेसनले पहिलो पटक नेपालमा हुन्डाई भेन्यु मोडल उत्पादन गर्ने र यसको बनावट, गुणस्तर, पर्फमेन्सलगायतका गुणहरू हुन्डाई मोटर कम्पनी कोरिया वा भारतमा बन्ने सोही मोडलका गाडिहरू सरहकै हुने कम्पनीले दाबी गरेको छ ।


स्वदेशमा नै उत्पादन गरी देशको औद्योगिकरण, आयात प्रतिस्थापन, रोजगारी सृजना, आन्तरिक राजस्वमा वृद्धि, सीप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक श्रोत तथा विद्युतको खपत, कुल गृहश्थ उत्पादनमा योगदानका साथ साथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारी साधन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जानकारी गराएको छ । 

प्रथम चरणमा हुन्डाई भेन्यु का दुई भेरिएन्ट उत्पादन गर्ने र क्रमशः केहि समय भित्र नै थप अरु भेरिएन्टहरूको उत्पादन पनि बढाउँदै जाने कम्पनीको योजना रहेको र यसै आर्थिक वर्षभित्र Hyundai Grand I10 NIOS का साथै all–new Hyundai Creta को उत्पादन पनि सुरु हुने जनाएको छ । 

हाल बिक्री वितरण सुरु भएको हुन्डाई भेन्यु को मूल्य निम्न अनुसार रहने छ । 

S.N.

Model

Capacity

Fuel

MRP

1

Venue FL 1.2 S

1197cc

Petrol

4,496,000

2

Venue FL 1.2 SX

1197cc

Petrol

5,356,000

 


Author

थप समाचार
x