अटो

स्क्वायर मोटर्सले उद्घाटन गर्यो पोखरामा टीभीएसको नयाँ शोरुम

इकागज |
असार २७, २०८१ बिहीबार २१:८ बजे

पोखरा- स्क्वायर मोटर्स प्राइभेट लिमिटेडले पोखरामा आफ्नो नयाँ टीभीएस शोरुम उद्घाटन गरेको छ । असार २६ गते आयोजित उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रूपमा माननीय महानगर प्रमुख धनराज आचार्यले रिबन काटेर शोरुमको उद्घाटन गरेका थिए ।

स्क्वायर मोटर्सको नयाँ शोरुमले स्थानीय समुदायको मोटरबाइक र स्कुटर आवश्यकताहरू पूरा गर्ने उद्देश्य राखेको छ, जसमा विभिन्न टीभीएस मोडेलहरू उपलब्ध गराइनेछ । त्यति मात्र नभई टीभीएस सवारी साधनहरूको प्रदर्शनसँगै, शोरुमले स्पेयर पार्ट्स र सवारी साधन मर्मतसम्भारसहित व्यापक सेवाहरू प्रदान गर्नेछ । पोखरामा टीभीएस उत्साहीहरूलाई उच्च स्तरका उत्पादन र सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता स्क्वायर मोटर्सका सञ्चालकहरू बिनोज पोते र आदर्शमान श्रेष्ठले जनाएका थिए ।


जगदम्बा मोटर्स प्रा.लि., नेपालमा टीभीएसका दुई पाङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो । देशभर १५० भन्दा बढी डिलरहरूको बलियो सञ्जालका कारण टीभीएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको छ । गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरूको उपलब्धताका कारण नै टीभीएस आज नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्राण्डका रूपमा स्थापित हुन पुगेको छ ।


Author

थप समाचार
x