अटो

नाडा अटो शोमा केइले ३ वटा मोडेल सार्वजनिक गर्ने

इकागज |
भदौ ५, २०८१ बुधबार १२:५६ बजे

काठमाडौँ- नेपालका लागि केइ अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले आउँदै गरेको नाडा अटो शोमा लन्च गरिने आफ्ना ३ वटा गाडीका मोडेलको नाम बताए पुरस्कार जित्ने सोसियल मिडिया क्याम्पेन सुरु गरेको छ ।

जसअन्तर्गत सहभागिता जनाउन केइ नेपालको फेसबुक तथा इन्स्टाग्राम पेजमा गई उक्त प्रश्न को उत्तर लेख्नुपर्नेछ। क्याम्पेनमा सहभागी हुन केइ नेपालको फेसबुक पेज https://www.facebook.com/profile.php?id=61559338062381 र इन्स्टाग्राम पेज https://www.instagram.com/kaiyinepal_lem/ रहेको छ। 


सहभागी मध्यबाट सबै तीन मोडेलको सही पहिचान गरी उत्तर दिने एक जना भाग्यशाली विजेताले जर्मन प्रतिष्ठित ब्रान्ड बोशको मिक्सर ग्राइण्डर प्राप्त गर्ने छन्। केइ नेपालको सोसियल मिडिया फलोवर्स र फेन्सहरूले यस रमाइलो क्याम्पेनमा अनुमान गरी भाग्यशाली विजेता बन्न सक्नेछन्।

यो क्याम्पेन आजबाट भाद्र १० गतेसम्म चल्ने बताइएको छ। आउँदै गरेको नाडा अटो शोमा केइ अटोमोबाइल्सको स्टल नं H-16 मा आई केई ब्रान्ड र नाडामा लन्च गरिने केइका गाडीहरूका बारे जानकारी लिन लक्ष्मी ई मोबिलिटी सबैलाई आमन्त्रण गरेको छ ।
 


Author

थप समाचार
x