अटो

हुन्डाईको फेष्टिभ डिलाइट २०८१ सार्वजनिक

इकागज |
भदौ ६, २०८१ बिहीबार १६:३२ बजे

काठमाडौँ- हुन्डाई गाडीको लागि नेपालका आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दशैं-तिहार लक्षित फेष्टिभ डिलाईट २०८१ योजना सार्वजनिक गरेको छ ।

आफ्ना ग्राहकहरूको दशैं-तिहार विशेष र हर्षोल्लासपूर्ण बनाउन हुन्डाईले विगतका वर्षहरूमा गाडीका साथै अन्य आकर्षक उपहारहरू दिँदै आएको छ । यस वर्ष पनि यही परम्परा कायम राखि एक जना भाग्यमानीले हुन्डाई मेड इन नेपाल भेन्यु लक्की ड्र मार्फत प्राप्त गर्न सक्नेछन् । हुन्डाईको चाडपर्व लक्षित योजना नेपाली अटोमोबाइल बजारमा सबैभन्दा बहुप्रतिक्षित योजना मानिँदै आएको छ ।


हुन्डार्ड फेष्टिभ डिलाइट २०८१ अन्तर्गत कुनै पनि हुन्डाई गाडीको खरिदमा रु. १० लाखसम्मको आकर्षक नगद छुट, स्क्र्याच कार्ड मार्फत थप रु.१ लाखसम्मको नगद छुटका साथै १ वर्षको लागि निःशुल्क सवारी बीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन् । आफ्ना ग्राहकहरूको सन्तुष्टिको निमित्त हुन्डाईले सदैव समय सापेक्षिक ग्राहक लक्षित योजनाहरू सार्वजनिक गर्दै आइरहेको छ ।

आउँदै गरेको ११ गते सुरु हुने नाडा अटो शो २०२४ मा बुकिङ्ग गर्ने ग्राहकहरूले पनि यस योजना बाट लाभान्वित हुन सक्नेछन् । नाडा अटो शो २०२४ मा हुन्डाईको A*2 स्टल भ्रमण गरेर सम्पूर्ण महानुभावहरूले हुन्डाईका विभिन्न उत्पादनहरूको अवलोकन गरी आफ्ना जिज्ञासाहरू पनि मेट्न सक्नेछन् ।

सबैै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ्ग उपलब्ध छ । यो योजना मंसिर २२ (छठ पर्व) सम्म लागू हुनेछ ।

यसै अवसरमा हालै चलिरहेको 'हुन्डाइ टेस्ट ड्राइभ एण्ड वीन' क्याम्पेन अन्तर्गत ग्राहकहरूले हुन्डाईको नेपालभरी रहेका कुनै पनि सोरुममा गई हुन्डाई गाडी को लाइनअपहरू मध्यबाट भर्खरै लन्च गरिएको नयाँ हुन्डाई क्रेटा र मेड इन नेपाल हुन्डाई भेन्यु टेस्ट ड्राइभ गरी आकर्षक उपहारहरू हात खाली नहुने गरी प्राप्त गर्न सकिनेछ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाल भरी १६ शोरुमहरू, १९ सर्भिस सेन्टरहरू तथा ४३ं चार्जिङ पोइन्ट मार्फत ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ । हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोवाइल उत्पादक मध्येमा पर्दछ ।

यस कम्पनीका उत्कृष्ट उत्पादनहरूले विश्वभरी करोडौं ग्राहकहरूको मन तथा विश्वास जित्न सफल भएको छ ।


Author

थप समाचार
x