Ekagaj Logo
०८ कात्तिक २०८१, बिहीबार
(Thursday, 24 October, 2024)

अटो

'रोयल इनफिल्ड वान राइड २०२४' सम्पन्‍न

इकागज |
असोज ७, २०८१ सोमबार १७:१८ बजे

काठमाडौँ- मोटरसाइकल कम्पनी रोयल इनफिल्डका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले वान राइड २०२४ कार्यक्रम सम्पन्न गरेको छ।

प्रत्येक वर्ष आयोजना गरिने वान राइडमा यसपटक विश्वका ५० भन्दा बढी देशका ५०० भन्दा बढी सहरमा ३० हजारभन्दा बढी राइडरहरूले एकै साथ राइड गरेका हुन्।


वान राइड कार्यक्रम आइतबार बिहान ८ बजे रोयल इनफिल्ड सोरुम नक्सालबाट सुरू भएर गोदावरी पुगेर समापन गरिएको थियो । उक्त राइड कार्यक्रममा सहभागीहरूलाई सडक सुरक्षाका बारेमा जनचेतना दिइएको थियो।

नेपालमा काठमाडौं लगायत १७ मुख्य सहरहरू बिर्तामोड, धरान, इटहरी, राजविराज, जनकपुर, वीरगन्ज, हेटौँडा, नारायणगढ, टाडी, भक्तपुर, पोखरा, भैरहवा, बुटवल, दाङ, सुर्खेत, नेपालगन्ज, धनगढीबाट ४५० जनाभन्दा धेरै राइडरहरूले सहभागी जनाए।

देशको ग्रामीण भेगमा पुगेर त्यहाँको आन्तरिक पर्यटनमा मद्दत गर्ने तथा समुदायमा केही सहयोग गर्ने वान राइडको उद्देश्य अनुसार गोदावरीमा रहेको श्री पथ प्रदर्शक मा. वि. का सबै विद्यार्थीहरूलाई हुने गरी खेलकुद सामग्री र ५० हजार नगद सहयोग वितरण गरिएको थियो।

खेलकुद सामग्री हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, अल्फा अटोमोटिभका आधिकारीहरू समेत सहभागी भएका थिए।

वान राइडमा रोयल इनफिल्डका हिमालयन ४५०, क्लासिक ३५०, मेटिआर ३५०, हिमालयन स्क्राम ४११ र हन्टर ३५० मोटरसाइकलमा १२५ भन्दा बढी सहभागी थिए ।


Author

थप समाचार
x