अटो

नेपालमा बनेको हुन्डाई ‘भेन्यु इ’को बिक्री वितरण सुरु

इकागज |
असोज १७, २०८१ बिहीबार १५:२९ बजे

नेपालमा हुन्डाई गाडी उत्पादन गर्ने लक्ष्मी मोटर कर्पोरेसनको नयाँ भेरियन्ट ‘भेन्यु इ’को बिक्री वितरण सुरु गरेको छ । कम्पनीले नेपालमा हुन्डाई भेन्युको व्यावसायिक उत्पादन सुरु गरेसँगै ‘हुन्डाई नेपाल : मेड फर योर जर्नी’ क्यापेन पनि सुरु गरेको थियो ।

हालसम्म करिब २५० गाडी आफ्ना डिलरहरू मार्फत बिक्री गरिसकेको कम्पनीले जनाएको छ । हुन्डाई भेन्यु इ को प्रारम्भिक मूल्य सीमित अवधिको लागि ४०,९६,००० रुपैयाँ कायम गरिएको छ । यद्यपि यसमा दशैं तिहार लक्षित योजना र थप डिस्काउन्ट नहुने बताइएको छ ।


हाल नेपालमा उपलब्ध भेन्युका अरू भेरियन्टहरुमध्ये Venue (S) 1.2 को मूल्य ४४,९६,००० रुपैयाँ र Venue (SX) 1.2 को मूल्य ५३,५६,००० रुपैयाँ कायम गरिएको छ । कम्पनीले मेड इन नेपाल हुन्डाई भेन्युमा १० वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी प्रदान गर्ने जनाएको छ ।


Author

थप समाचार
x