अटो

रोयल इन्फिल्डकाे 'क्लासिक ३५०' सार्वजनिक, के-के छ विशेषता ?

इकागज |
मंसिर १२, २०८१ बुधबार १३:३९ बजे

काठमाडौ- रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसन लन्च रोयल इन्फिल्ड सार्वजनिक भएको छ  । बुधबार नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभले क्लासिक ३५० सिग्नल्स एडिसन लन्च गरेको हो ।

३५० सीसी इन्जिनको यो मोटरसाइकललाई रोयल इन्फिल्डको पुरातात्विक तथा पोस्ट वार जीतु मोडल (Post War G2 Model) को उत्प्रेरणा जगाउने मोटरसाइकलको रुपमा लिइन्छ ।


सिग्नल्स एडिसन डेजर्ट स्यान्ड र मार्स ग्रे कलरमा उपलब्ध हुनेछ । यो मोटरसाइकलमा भएको ३५० सीसी नयाँ एयर आयल कुल्ड इन्जिनले सहज पावर डेलिभरी, बलियो टर्क र अत्यन्त परिष्कृत सवारी अनुभव प्रदान गर्दछ ।

यसको फराकिलो सिट प्रोफाइल र नरम फोम कुशन प्याडिडले शहरभित्र र लामो यात्रामा चालक र पछाडि बस्ने यात्रुलाई आरामदायी अनुभव दिन्छ । नयाँ एर्गोनोमिक्स, ग्रिप्स, रोटरी स्विच, इन्फो स्विच र ओभल मास्टर सिलिन्डर लगायतका विभिन्न फिचर यसमा उपलब्ध छन् ।

त्यसैगरी नयाँ पाइलट लाइटहरु भएको हेडलाइट र नयाँ डिजाइनको टेललाइट तथा एकीकृत रिफ्लेक्टर यसमा रहेका छन् । बाइकमा अगाडि रहेको ३०० एमएम डिस्क ब्रेक संग टिवीन्स पिस्टन फ्लोटिङ्ग क्यलिपर र पछाडी रहेको २७० एमएम डिस्क ब्रेक सग सिन्गल पिस्टन फ्लोटिङ्ग क्यलिपरले अझ बढी आत्मविश्वासपूर्ण ब्रेकिड प्रदान गर्छ ।

नयाँ क्लासिक ३५० सिग्नल्स एडिसनले परम्परा र नवीनतावीचको सन्तुलनलाई उत्कृष्ट रूपमा प्रस्तुत गरेको छ | नयाँ रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसनको आज रोयल इन्फिल्डको नेपालभर २४ वटै सोरुममा लन्च एवं बिक्री खुला गरिएको छ । नजिकको रोयल इन्फिल्डको सोरुममा गएर यसलाई अवलोकन गर्न र टेस्ट राइड गर्न सकिन्छ ।


Author

थप समाचार
x