हुन्डाई नेपालको ‘डिसेम्बर डिलाइट’ : आकर्षक छुट तथा लाभको उत्सव
नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आजदेखि ‘डिसेम्बर डिलाइट’ अभियान सुरु गरेको छ ।
डिसेम्बर १५सम्म चल्ने यो अभियानमा ग्राहकहरूले विभिन्न आकर्षक छुट तथा विशेष लाभहरूको फाइदा लिन सक्ने जनाइएको छ ।
‘डिसेम्बर डिलाइट’अन्तर्गत, ग्राहकहरूले ६ लाख रुपैयाँसम्मको छुट, ५ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस र एक वर्षको बीमा सेवा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
त्यस्तै, यस अभियानमा जिरो कस्ट ओनरसीप प्लान रहेको छ, जसमा ग्राहकहरूले आफूलाई मनपर्ने गाडी सजिलै खरिद गर्न सक्नेछन् । साथै ३ वर्षको निःशुल्क चेकअप, गाडी मर्मत सामाग्रीहरू तथा विभिन्न वास कुपन र ३ वर्षको सर्भिसिङ प्याकेजको पनि लाभ लिन सकिनेछ ।
कम्पनीका अनुसार यही शनिबार, योमरी पुन्ही र उधौली पर्वको अवसरमा नक्साल, भक्तपुर, र थापाथली सोरुमहरुमा पर्व विशेष कार्यक्रमहरूको पनि आयोजना हुँदैछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया