अल्फा अटोमोटिभको सर्भिस कुइज कार्यक्रम पि आर सम्पन्न
रोयल इन्फील्ड मोटरसाइकल को आधिकारीक बिक्रेता अल्फा अटोमोटिभले १२ कार्तिक देखि १० पौस (२८ अक्टुबर–२५ डिसेम्बर) सम्म अनलाइन सर्भिस कुइज कार्यक्रम गरेको थियो । विहिबार अल्फा अटोमोटिभ प्रा.ली. ले आफ्नो वयरहाउस बालकुमारीमा एक चियापान कार्यक्रको आयोजना गरी सो सर्भिस कुइजका ३ जना बिजेतालाई जनही एक–एक वटा हेल्मेट पुरस्कार प्रदान गरेको छ।
कार्यक्रममा ५० जनाको सहभागिता रहेको थियो र अनलाइन सर्भिस कुइजमा ६०० जनाले भाग लिएका थिए जस मध्ये ३ जनालाई लक्कि ड्र मार्फत पुरस्कृत गरीएको थियो । जसमा, सहभागिले फ्रि सर्भिस चेकअप, फ्री वासीङ्गको सुविधा पाएका थिए ।
उपहार प्राप्त गर्नेमा ललितपुर बागडोलका रविन्द्र विष्ट,गोकर्णेश्वर न.पा काठमाडौका.श्री रीतिज सापकोटा र काठमाडौ मैपिका सचिन आले रहेका छन्।
पुरस्कार रोयल इन्फील्ड मोटरसाइकलका नेपालका लागि सर्भिस हेड निलादरी जेनाले प्रदान गर्नु भएको थियो । सोहि अवसरमा अल्फा अटोमोटिभले “सर्भिस मेइस्ट्रो” पनि लन्च गरेको छ ।
सो मेइस्ट्रोबाट नेपालका रोयल इन्फील्ड मोटरसाइकल ग्राहाक माहानुभावहरुले हरेक बर्षको चार सभिसीङ्मा पार्टस, मर्मतसम्हार लगायतका सेवामा बिशेष छुट एंवम सौलियत प्राप्त गर्न सकीने, अल्फा अटोमोटिभ प्रा.ली.का डाइरेक्टर मेघराज पैडेलले बताएका छन्।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया