अटो

स्क्र्याम्बलर ४०० एक्सको नयाँ कलर भेरिएन्ट पर्ल ह्वाइट सार्वजनिक

इकागज |
फागुन ५, २०८१ सोमबार १३:३५ बजे

मोटरसाइकलका सौखीनहरुका लागि बजारमा ४००एक्सको नयाँ कलर भेरिएन्ट पर्ल ह्वाइट उपलब्ध भएको छ ।

नेपालमा हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिद्वारा आधिकारिक रूपमा वितरण गरिने ट्रायम्फ मोटरसाइकलले हालै स्क्र्याम्बलर ४००एक्सको नयाँ कलर भेरिएन्ट पर्ल ह्वाइट सार्वजनिक गरेको छ । बाइक फेस्ट २०२५ को अवसरमा ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले ट्रायम्फ स्क्र्याम्बलर ४००एक्स पर्ल ह्वाइट सार्वजनिक गरेका हुन् ।


ट्रायम्फ मोटरसाइकल २०२४ को नाडा अटो शोबाट स्क्र्याम्बलर ४००एक्स र स्पिड ४०० गरी दुई मोडल सार्वजनिक गरी नेपाली बजारमा प्रवेश गरेको थियो ।

ट्रायम्फ मोटरसाइकलले नेपालका बाइक प्रेमीहरूबाट छोटो समयमा नै धेरै लोकप्रियता हासिल गरेको छ । स्क्र्याम्बलर ४००एक्सको मजबुत बनावट, शक्तिशाली इन्जिन तथा अफरोड र अनरोड दुबैमा चल्ने क्षमताले मोटरसाइकल पारखीहरूलाई विशेष रूपमा आकर्षित गरिरहेको छ । त्यस्तै, स्पिड ४०० भने शहरको सानो अनि गल्लीको बाटो र दैनिक आवत जावत गर्नुपर्नेहरुका लागी लोकप्रिय विकल्प बनेको छ ।

नेपालमा ट्रायम्फ मोटरसाइकल प्रति ग्राहकहरूको माग अत्यधिक रहेकोले कम्पनीले आफ्नो बिक्री तथा सेवा केन्द्रको क्षमता बढाउने निर्णय लिएको बताएको छ । यसले ग्राहकहरूलाई सुविधाजनक मर्मत सेवा प्रदान गर्ने र उत्कृष्ट ग्राहक अनुभव सुनिश्चित गर्ने उद्देश्य राखेको छ ।

नयाँ कलर भेरिएन्टको बारेमा बोल्दै ट्रायम्फ नेपालका म्यानेजर तथा चर्चित मोटोभ्लगर सागर थापाले भने, “स्क्र्याम्बलर ४००एक्सले नेपालका मोटरसाइकल प्रेमीहरूको मन जित्न सफल भइसकेको छ । नयाँ पर्ल ह्वाइट भेरिएन्टले यस बाइकलाई झनै आकर्षक बनाउनेछ । नेपाली बजारमा ट्रायम्फको माग निरन्तर बढिरहेको छ, जसले हामीलाई अझ उत्कृष्ट सेवा दिन प्रेरित गरिरहेको छ ।”

नयाँ पर्ल ह्वाइट स्क्र्याम्बलर ४००एक्सको मूल्य ६ लाख ९९ हजार ९०० रुपैयाँ तोकिएको छ, जुन नेपालभरका सबै आधिकारिक ट्रायम्फ डिलरशिपहरू मार्फत उपलब्ध हुनेछ ।

ग्राहकहरूले ट्रायम्फ नेपालको आधिकारिक सोरुम, वेबसाइट वा नजिकैको डिलरमा सम्पर्क गरेर थप जानकारी लिन सक्नेछन् ।


Author

थप समाचार
x