अटो

नेपालमा एमजी एस-५ लञ्ज, मूल्य ५४ लाख ९९ हजारसम्म

इकागज |
फागुन २२, २०८१ बिहीबार २१:५३ बजे

काठमाडौं- नेपाली बजारमा एमजी एस-५ सार्वजनिक भएको छ । नेपालको लागि एमजी गाडीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले बिहीवार एमजी एस-५ नेपाली बजारमा सार्वजनिक गरेको हो। कम्पनीले एस-५ ईभी ४९.१ किलोवाट कम्फर्टको मूल्य ४३ लाख ९९ हजार, ४९.१ किलोवाट लक्जरिको ४९ लाख ९९ हजर र ६२.२ किलोवाट लक्जरिको मूल्य ५४ लाख ९९ लाख रुपैयाँ तोकिएको छ। एमजी एस-५ मा दुई ब्याट्री अप्सन पाउन सकिन्छ।

जसमा ९९ किलोवाटको मोटर जडान गरिएको छ। एमजी-५ मा ४९.१ किलोवाट र ६२.२ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ। ४९.१ किलोवाट आवरको ब्याट्री प्याकले ३४० किलोमिटर र ६२.२ किलोवाट आवरको ब्याट्रीले ४३० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ। Shree Steel phot-(1)-1741270168.jpg एमजीको एस-५ को लम्बाई ४४७६ एमएम, चौडाइ १८४९ एमएम र उचाई १६२१ एमएम छ।


यसमा २७३० एमएम लामो ह्वील वेस पाउन सकिन्छ। एसएआइसीको नेबुला प्लेटफर्ममा बनेको एस-५ एसयूभी सेग्मेन्टमै पहिलो रियर ह्वील ड्राइभ मोटरमा उपलब्ध हुने मोडल हो। रियर ह्वीलमा मोटर हुनुको साथै फाइभ लिंक इन्डिपेन्डेन्ट सस्पेन्स र एड्भान्स ड्राइभर असिस्ट सिस्टम भएको कारण यसको ड्राइभिङ डाइनामिक्स उत्कृष्ट हुने कम्पनीको दाबी छ।

यसमा दिएको क्लोजअफ फ्रन्ट ग्रील, वाइड प्लास्टिक ह्वील आर्क तथा कर्भ बनेट लाइनले गाडीलाई बल्की देखाएको छ। एमजीले एस-५ को क्याविनमा मिनिमलिस्टिक डिजाइन अप्रोच राखेको छ। यसको ड्यासबोर्डको बीचमा १५.६ इञ्चको फ्लोटिङ टचस्कृन रहेको छ।

जहाँ ड्राइभर इन्फर्मेसनको लागि छुट्टै १०.२५ इन्चको एलसीडी इन्ट्रुमेन्ट क्लस्टर पाउन सकिन्छ। यसमा थ्री स्पोक फ्ल्याट बटम स्टेरिङ ह्विल छ। स्टेरिङ कोलुममै रहेको गियर सिफ्टरले चालकलाई एकदमै सजिलो बनाएको छ। सेन्टर कन्सोलमा वायरलेस चार्जिङ प्याड र दुई वटा कप होल्डर रहेको छ।


Author

थप समाचार
x