बैंक-वित्त

सुदेश खालिङ, एभरेष्ट बैंकमा पहिलो नेपाली सीईओ

इकागज |
चैत २२, २०७७ आइतबार १९:७ बजे

काठमाडौँः एभरेष्ट बैंकको सञ्चालक समितिले सुदेश खालिङलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरेको छ । भारतको पञ्जाब नेशनल बैंक (पीएनबी)सँग संयुक्त लगानी (ज्वाइन्ट भेञ्चर) मा स्थापित एभरेष्ट बैंकमा अढाई दशकदेखि नै पीएनबीबाटै सीईओ नियुक्त हुँदै आएको थियो ।

सुदेश खालिङ एभरेष्ट बैंकको पहिलो नेपाली सीईओ बनेका छन् । संयुक्त लगानीका स्ट्याण्डर्ड चार्टर्ड, नेपाल एसबीआई बैंकमा अहिले पनि विदेशी सीईओहरू नै कार्यरत छन् । बैंकिङ क्षेत्रमा झण्डै तीन दशक लामो अनुभव भएका खालिङ लक्ष्मी बैंकमा सीईओ थिए । लक्ष्मी बैंक छाडेपछि २०७६ मंसीर ६ देखि उनी सिटीजन्स बैंकको सञ्चालक समिति सदस्य थिए । 


एभरेष्ट बैंकमा झण्डै डेढ वर्षअघि पीएनबीबाटै गजेन्दर कुमार नेगी चार वर्षका लागि सीईओ नियुक्त भएका थिए । तर नेगी कार्यकालको मध्यतिरै पीएनबी फर्कन लागेका छन् । 
 


Author

थप समाचार
x