कूल आन्तरिक कर्जा ०.९ प्रतिशतले घट्यो
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा कूल आन्तरिक कर्जा ०.९ प्रतिशतले घटेको बताएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ०.३ प्रतिशतले घटेको थियो ।
वार्षिक विन्दुगत आधारमा २०७९ साउन मसान्तमा यस्तो कर्जा १३.७ प्रतिशतले बढेको छ ।
गत साउन महिनामा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ०.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी १.६ प्रतिशतले बढेको थियो ।
वार्षिक विन्दुगत आधारमा २०७९ साउन मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी १२.१ प्रतिशतले बढेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया