राष्ट्र बैंकको तथ्यांक भन्छ कात्तिकमा महँगी दर घट्यो
फाइल तस्वीर
काठमाडौं- नेपाल राष्ट्र बैंकको नयाँ तथ्यांकले कात्तिकमा महँगी दर घटेको देखाएको छ। केन्द्रीय बैंकले आज बाह्य क्षेत्रको तथ्यांक सार्वजनिक गर्दै मुद्रास्फीति दर घटेको तथ्यांक निकालेको हो।
असोज मसान्तसम्म ८.५ प्रतिशतमा रहेको मुद्रास्फीति दर कात्तिकमा ८.०८ प्रतिशतमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा मुद्रास्फीति दर ६.०४ प्रतिशत थियो। कात्तिकमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ८.०८ प्रतिशत छ। ब्याजदर बढेपछि समग्र वस्तु तथा सेवाको माग तुलनात्मक रुपमा घटेको छ। यसले मुद्रास्फीति दर घटाउन केही राहत दियो।
कात्तिकमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.३८ प्रतिशत छ। गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.६३ प्रतिशत छ। राष्ट्र बैंकका अनुसार काठमाडौं उपत्यकामा ७.५६ प्रतिशत, तराईमा ८.५२ प्रतिशत, पहाडमा ८.०३ प्रतिशत र हिमालमा ६.६८ प्रतिशत मुद्रास्फीति छ।
वैशाखदेखि सरकारले विलासी वस्तुसहित मदिरा, स्मार्टफोनदेखि अटोमोबाइललगायतको आयात प्रतिबन्धका कारण पनि माग घटेको हो। तर पुसबाट आयात खुल्दैछ। यसले मुद्रास्फीती दर केही बढ्ने देखिन्छ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया