बैंक-वित्त

नेपाल राष्ट्र बैंकको ६६औं वार्षिकोत्सव

एक खर्ब ४२ अर्ब रुपैयाँ पुनर्कर्जा स्वीकृत

इकागज |
बैशाख १४, २०७८ मगलवार १८:४१ बजे

काठमाडौँ : नेपाल राष्ट्र बैंकले हालसम्म एक खर्ब ४२ अर्ब रुपैयाँ पुनर्कर्जा स्वीकृत गरेको छ । नेपाल राष्ट्र बैंको ६६औं वार्षिकोत्सवका अवसरमा बोल्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले एकमुष्ट कर्जा प्रदान गर्नेगरी ९२ अर्ब ३८ करोड रुपैयाँ पुनकर्जा स्वीकृत भएको ४८ हजार पाँच सय ५० जना ऋणीले यो सुविधा पाएको बताए । 

लघुवित्त संस्थाहरूमार्फत् प्रदान हुने एकमुष्ट पुनर्कर्जा २८ लघुवित्त संस्थाका लागि एकमुष्ट १० अर्ब २३ करोड रुपैयाँ स्वीकृत भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा कोभिड–१९ प्रभावित अर्थतन्त्र उकास्नका लागि १९० अर्ब रुपैयाँको पुनकर्जा सुविधाको व्यवस्था गरेको छ । 


त्यस्तै, नेपाल सरकारले सहुलियतपूर्ण ब्याज अनुदान अन्तर्गत चैत मसान्तसम्म ५ अर्ब ६३ करोड रुपैयाँ ब्याज अनुदान प्रदान गरिएको र त्यसमा ७७ हजार एक सय ९६ ऋणी लाभान्वित भएको राष्ट्र बैंकले जनाएको छ । सरकारले सहुलियत कर्जा ५ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने नीति अनुसार त्यसभन्दा माथिको बैंकको ब्याजदर सरकारी कोषबाट व्यहोर्ने गरी ब्याज अनुदानको व्यवस्था गरेको छ । उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन, स्वरोजगार र उद्यमशीलता बढाउन सरकारले यस्तो कार्यक्रम ल्याएको हो । सहुलियत कर्जा कार्यक्रम अन्तर्गत १० प्रकारका कर्जा उपलब्ध छन् । 
 


Author

थप समाचार
x