बैंक-वित्त

नबिल बैंकले लियो युनाइटेड फाइनान्स

इकागज |
बैशाख १७, २०७८ शुक्रबार १६:५४ बजे

काठमाडौँ : नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने भएको छ । शुक्रबार यससम्बन्धी दुई वित्तीय संस्थाबीच सम्झौता भएको छ। बैंकका मर्जर कमिटीका संयोजक उदय कृष्ण उपाध्याय र फाइनान्सका मर्जर कमिटीका संयोजक मनिष कुमार खेमकाले प्राप्तिका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । नबिलले युनाइटेडलाई ३५ रुपैया स्वाप रेसियोमा प्राप्ति गर्न लागेको हो । 

युनाइटेड फाइनान्सका अध्यक्ष वसन्त चौधरी हुन् । नबिल बैंकमा विनोद चौधरीको परिवारको स्वामित्व छ । यस हिसाबले नबिल बैंक र युनाइटेड फाइनान्स एकाघरपरिवार (चौधरी ग्रुप) बाट सञ्चालित वित्तीय संस्था थिए । प्राप्तिपछि युनाइटेड फाइनान्सको सम्पूर्ण कारोबार नबिलको नाममा हुने र सञ्चालक समिति पनि नबिल बैंककै रहने गरी सम्झौता भएको छ । उक्त सम्झौतापश्चात प्राप्तिका लागि नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि प्रक्रिया अगाडि बढाइने बताइएको छ । 


सोही अनुसार नबिल बैंकको शाखा सञ्जाल १४७ पुग्‍नेछ । नबिल बैंकको काठमाडौं उपत्यकाभित्र मात्रै ३७ शाखा विस्तार हुनेछन् र एटीएमको कुल संख्या भने १९० पुग्‍ने उल्लेख छ । साथै प्राप्तिपछि चैत मसान्तको वित्तीय विवरण अनुसार नबिलको कुल निक्षेप २१६ अर्ब हुने र कर्जा २०१ अर्ब रुपैयाँ पुग्‍ने जनाइएको छ ।


Author

थप समाचार
x