बैंक-वित्त

दुई वर्षमै यी बैंकको प्रतिफल दर आधा घट्यो

इकागज |
बैशाख १९, २०७८ आइतबार १४:५० बजे

काठमाडौँ : दुई वर्षको अन्तरालमा केही वाणिज्य बैंकहरू स्वपुँजी प्रतिफल (रिटर्न अन इक्विटी) आधाले घटेको छ । उल्लेख्य प्रतिफल घट्ने बैंकहरूमा नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल एसबीआई बैंक, सेञ्चुरी बैंक तथा नबिल बैंक रहेका छन् । २०७५ चैत मसान्तमा लगानीकर्तालाई ३९.२४ प्रतिशत प्रतिफल दिएको राष्ट्रिय वाणिज्य बैंकको प्रतिफल २०७७ चैत मसान्तमा १८.५२ प्रतिशतमा झरेको छ । नेपाल बैंकको प्रतिफल २९.९ प्रतिशतबाट ९.४६ प्रतिशतमा झरेको छ । त्यस्तै, नेपाल एसबीआइ बैंकले लगानीतकर्तालाई दुई वर्षअघि १६.९९ प्रतिशत प्रतिफल दिएकोमा अहिले गएको चैत मसान्तमा ८.१२ प्रतिशत मात्र प्रतिफल दिएको छ । त्यस्तै, सेञ्चुरी बैंकले लगानीकर्तालाई पनि दुई वर्षअघि ९.७२ प्रतिशत प्रतिफल दिएकोमा यसपटक ४.६४ प्रतिशत प्रतिफल दिएको छ । 

रिटर्न अन इक्विटी अर्थात् लगानीकर्ताले पाउने प्रतिफल कुल आयमा सेयरधनीको स्वपुँजी लगानीले भाग गरेर निकालिन्छ । सेयरधनीको स्वपुँजी लगानी कम्पनीको सम्पत्तिमा यसको दायित्व कटाएर निकालिन्छ । त्यसकारण खुद सम्पत्तिमा प्राप्त हुने प्रतिफल दरका रूपमा यसलाई हेर्न सकिन्छ । यो नै कम्पनीको कार्यसम्पादन मापन गर्ने प्रमुख औजार हो ।  लगानीको कार्यसम्पादन र प्रभावकारितालाई लगानीकर्ताले पाउने प्रतिफलदरले प्रतिनिधित्व गर्छ । 


पछिल्लो दुई वर्षको अन्तरालमा एनआइसी एसियाले आफ्नो प्रतिफल झण्डै दोब्बर पारेको छ । २०७५ चैतमा एनआइसी एसिया बैंकको रिटर्न अन इक्विटी १२.२२ प्रतिशत रहेकोमा २०७७ चैत मसान्तमा २३.२६ प्रतिशत छ । यसरी प्रतिफल दर उच्च रूपमा बढाउने अन्य बैंकमा मेगा बैंकको दुई वर्ष अघि ८.०८ प्रतिशत रहेकोमा अहिले १४.६६ प्रतिशत रहेको छ । त्यस्तै एनबी बैंकको रिटर्न अन इक्विटी ९.०७ बाट दुई वर्षमै बढेर १६.४७ प्रतिशत पुगेको छ । 

बैंक

रिटर्न अन इक्विटी

(स्वपुँजी प्रतिफल) % २०७७ चैत

रिटर्न अन इक्विटी

(स्वपुँजी प्रतिफल) % २०७५ चैत

एनआइसी एसिया

२३.२६

१२.२२

सानिमा बैंक

१९.७३

१७.७५

राष्ट्रिय वाणिज्य बैंक

१८.५२

३९.२४

प्रभु बैंक

१८.४६

१०.९७

प्राइम बैंक

१८.२०

१७.७९

नबिल बैंक

१७.९५

२६.५५

ग्लोबल आइएमइ बैंक

१६.६६

१७.०४

एनबी बैंक

१६.४७

९.०७

एनएमबी बैंक

१५.८२

१७.५९

सिद्धार्थ बैंक

१५.४१

१५.७२

माछापुछ्रे बैंक

१५.२

१२.०३

मेगा बैंक

१४.६६

८.०८

कुमारी बैंक

१४.१९

११.६५

नेपाल इन्भेष्टमेण्ट बैंक

१३.८०

२०.२१

सिटीजन्स बैंक

१३.२२

१४.३३

लक्ष्मी बैंक

११.४७

११.१६

सनराइज बैंक

११.३१

१३

एनसीसी बैंक

११.१६

९.९७

स्ट्याण्डर्ड चार्टर्ड बैंक

१०.६३

१६.९७

बैंक अफ काठमाडौँ

१०.५३

११.७३

एभरेष्ट बैंक

१०.३१

१९.७८

हिमालयन बैंक

१०.०५

१८.३६

कृषि विकास बैंक

९.७

१०.९४

नेपाल बैंक

९.४६

२९.९०

नेपाल एसबीआई बैंक

८.१२

१६.९९

सिभिल बैंक

६.५९

५.५०

सेञ्चुरी बैंक

४.६४

९.७२

 

 


Author

थप समाचार
x