एभरेष्ट बैंकद्वारा रोबोटिक प्रोसेस अटोमेशन यात्रा सुरु
काठमाडौं– एभरेष्ट बैंकले आफ्नो विभिन्न बैंकिंग सेवाहरु प्रदान गर्ने कार्यहरु अटोमेशन गर्नका लागि क्विक फक्स कन्सलटेन्सी प्रालिसँग सम्झौता गरी रोबोटिक प्रोसेस अटोमेशनको यात्रा सुरु गरेको छ ।
एभरेष्ट बैंक निरन्तर रुपमा सबल हुन प्रतिस्पर्धी रहन र आफ्ना ग्राहकहरुलाई विशिष्ट सेवा प्रदान गर्ने सोचका साथ आफ्नो अटोमेशनको यात्रा सुरु गरेको हो।
बैंकले प्रदान गर्ने सेवाहरुमा रहेका अधिकांश प्रक्रियाहरु दोहोरिने, प्रक्रियागत रुपमा सञ्चालन नहुने र एकै प्रकृतिका समेत हुने भएको र जसलाई पूरा गर्न धेरै मानव संशाधनहरु समावेश गर्नुपर्ने र मानवीय हस्तक्षेपको कारणले गर्दा कतिपय कार्यहरु समेत ढिलो र त्रुटिपूर्ण हून सक्ने भएकाले बैंकले रोबोटिक प्रोसेस अटोमेशनको यात्रा तय गरेको हो ।
स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म १३ लाख भन्दा बढी ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १२३ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६० एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिंङ सुविधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनका लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया