लघुवित्त पीडितद्वारा जिल्ला प्रशासन कार्यालय उदयपुर अगाडि धर्ना
काठमाडौँ- लघुवित्तीय संस्थाहरूले ज्यादती गरेको भन्दै लघुवित्त पीडितहरूले जिल्ला प्रशासन कार्यालय उदयपुर अगाडि धर्ना दिएका छन् ।
जिल्लाका विभिन्न स्थानबाट प्रदर्शनसहित आएका उनीहरूले मंगलबार प्रशासन कार्यालय अगाडि धर्ना दिएका हुन् । उनीहरूले लघुवित्तीय संस्थाहरूबाट आफूहरू पीडित भएको भन्दै लघुवित्त खारेजीको माग गरेका छन् ।
त्यस्तै उनीहरूले 'नवसामन्तिका रूपमा स्थापित लघुवित्त संस्थाहरू खारेज गर', 'लघुवित्त संस्थाहरूद्वारा लगानी गरिएको सामूहिक कर्जा मिनाहा गर', 'आम गरिबी किसानलाई निःशुल्क कर्जा प्रदान गर', 'आवश्यकता र क्षमताका आधारमा काम र दामको व्यवस्था गर' लगायतका माग राखेका छन् ।
५ बुँदे माग राखी लघुवित्त संस्थाविरुद्ध उदयपुरका स्थानीयहरू आन्दोलित बनेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया