बैंक-वित्त

बैंक तथा वित्तीय संस्थाविरुद्धका गैरकानुनी क्रियाकलाप रोक्न गृहको निर्देशन

इकागज |
फागुन १९, २०७९ शुक्रबार २१:४३ बजे

काठमाडौँ- गृह मन्त्रालयले बैंक तथा वित्तीय संस्थाविरुद्ध हुने गैरकानुनी गतिविधि रोक्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । 

गृहसचिव विनोदप्रकाश सिंहले कतिपय ठाउँमा वित्तीय संस्थाका प्रतिनिधिलाई कालोमोसोसमेत दलेका घटना सार्वजनिक भएकाले यस्ता अवैध गतिविधि रोक्न निर्देशन दिइएको जानकारी दिए । 


'त्यस्ता गतिविधि हुन नदिन र आवश्यक निगरानी बढाउन निर्देश गरिएको छ,' गृहसचिव सिंहले भने, 'गृह प्रशासनको काम शान्ति सुरक्षा कायम गर्नु हो र निर्वाध रूपमा सेवा गर्ने वातावरण दिनु हो, सोहीअनुसारको निर्देशन गएको छ ।'

पछिल्लो समयमा बैंक तथा वित्तीय संस्था र लघुवित्तविरुद्ध आन्दोलन जारी छ भने केहीअघि जाजरकोटमा लघुवित्तका कर्मचारीमाथि कालोमोसो दलिएको घटना सार्वजनिक भएको थियो ।


Author

थप समाचार
x