महालक्ष्मी विकास बैंकको १२.९९ प्रतिशत ब्याजदरमा आवास र व्यवसायिक कर्जा दिने
काठमाडौँ - महालक्ष्मी विकास बैंक लिमिटेडले नयाँ वर्षको अवसरमा घर खरिद गर्न अथवा घर निर्माण गर्न इच्छुकहरूलाई लक्षितगरी आवास कर्जा र उद्यम गर्न इच्छुकहरूलाई लक्षितगरी सुलभ व्याजदरमा व्यवसायिक कर्जा योजना ल्याएको छ । 'सबल बैंक, सफल सहकार्य' को नारालाई आत्मसाथ गर्दै विगत २८ वर्षदेखि गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले दुवै कर्जा योजनामा ऋणिका लागि १२.९९ प्रतिशतको आकर्षक ब्याजदरमा कर्जा प्रवाह गर्नुका साथै सेवा शुल्कमा विशेष छुट प्रदान गर्ने जनाएको छ ।
महिला सशक्तिकरणमा जोड दिँदै बैंकले घरधनी वा व्यवसायधनी महिला भएमा सेवा शुल्कमा ०.२५% छुट प्रदान गर्ने र उक्त छुट सुविधा सीमित समय अवधिका लागि रहेको जनाएको छ । आवास कर्जा योजना अन्तर्गत ऋणिका लागि निर्माण लागतको शत प्रतिशत कर्जा प्रवाह गर्नुका साथै कर्जाको अवधि अधिकतम ३० वर्ष, घर निर्माणमा अग्रिम कर्जा प्रवाह तथा सेवा शुल्कमा छुट जस्ता आकर्षक सुविधाहरू प्रदान गर्ने बैंकले जनाएको छ ।
व्यवसायिक कर्जा योजना अन्तर्गत ऋणिका लागि धितो मूल्यांकनमा उच्चतम कर्जा प्रवाह गर्नुका साथै व्यवसाय सुरु गर्न अग्रिम कर्जा प्रवाह गर्ने तथा सेवा शुल्कमा छुट जस्ता सुविधाहरु बैंकले प्रदान गर्ने छ । हाल विद्यमान तरलता अभाव तथा बढ्दो ब्याजदरबीच पनि बैंकले सुलभ ब्याजदरमा सरलिकृत तवरले कर्जा प्रवाह गरिरहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया