बैंक-वित्त

उपकरण खरिदका लागि जानकी आँखा अस्पताललाई एनएमबि बैंकको सहयोग

इकागज |
चैत २२, २०७९ बुधबार १५:१८ बजे

काठमाडौं– एनएमबि बैंक लिमिटेडले जनकपुरधामको जानकी आँखा अस्पताललाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अनन्तर्गत अस्पताललाई एक लाख एकाउन्न हजार रुपैयाँ सहयोग गरेको हो । सो रकम अस्पतालले विरामीको सुविधाका लागि उपकरणहरु खरिद गर्नका लागि सहयोग गरिएको बैंकले जनाएको छ ।

कार्यक्रममा बै‌ककोतर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी., नायव प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे, प्रदेश प्रमुख कमल पोखरेल, एरिया म्यानेजर मिथिलेश कुमार झा समेतको उपस्थिति रहेका थियो । साथै आँखा अस्पतालको तर्फबाट सभापति नरेश प्रसाद सिंह, मेडिकल डाइरेक्टर आशिष बोहरा, कोषाध्यक्ष धिरेन्द्र मोहन झालगायत अन्य पधाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।


एनएमबि बैंक विगत २६ वर्षदेखि अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आइरहेको, नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजतपत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो ।  एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
 


Author

थप समाचार
x