सनराइज बैंकले नेपाल प्रहरी विद्यालयलाई दियो ७० लाखको छात्रवृत्ति
काठमाडौं । सनराइज बैकले नेपाल प्रहरी विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीहरुका लागि छात्रवृत्ति प्रदान गरेको छ ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत रु.६,९८०,६३४ छात्रवृत्ति रकम विद्यालयलाई सहयोग गरेको हो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल र नेपाली जनताको लागि तत्पर भएर लाग्ने नेपाल प्रहरीका विभिन्न ८ वटा विद्यालयमा अध्ययन गर्ने बहालवाला, अवकाश प्राप्त, अमर शहिद एवम् अशक्त प्रहरीका जेहेन्दार सन्ततिहरुलाई उत्प्रेरणा गर्ने उद्देश्यले १५ जना विद्यार्थीलाई कक्षा ४ देखि १२ सम्म अध्ययन गर्न सहयोग स्वरुप छात्रवृति प्रदान गरेको छ ।
नेपाल प्रहरीे प्रधान कार्यलय नक्सालमा बुधबार भएको सम्झौता हस्ताक्षर समारोहमा बैंकबाट प्रमुख कार्यकारी अधिकृतसुमन शर्मा, नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणा, नायब महाप्रबन्धक रविन कुमार नेपाल, नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुंवर, नेपाल प्रहरीका विशिष्ट व्यक्तित्वहरु तथा बैंकबाट उच्च पदाधिकारीहरुको उपस्थिति रहेको थियो । सनराइज बैंक –नेपाल प्रहरी शैक्षिक छात्रवृत्ति सम्बन्धी समझदारी पत्र हस्ताक्षर र हस्तान्तरण समारोहमा सनराइज बैंकबाट नायब महाप्रबन्धक रविन कुमार नेपाल र नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक श्री केदार ढकालले छात्रवृति सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।
यस छात्रवृत्ति कार्यक्रमले नेपाल प्रहरीका विभिन्न स्कुलमा अध्ययन गरिरहेका नेपाल प्रहरीका जेहेन्दार छोराछोरीलाई अझ अघि बढ्नका लागि थप प्रेरणा मिल्ने बैंकका प्रमुख कार्यकारी अधिकृतसुमन शर्माले जनाए । संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिदैं सनराइज बैकले देशव्यापी रुपमा शिक्षा, स्वास्थ्य, बैंकिङ्ग साक्षयरता, वातावरण संरक्षण लगायतका विषयमा चरणबद्ध रुपमा कार्यक्रमहरु गर्दै आइरहेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गत वर्ष मात्र १५० भन्दा बढी कार्यक्रमहरु गरेको जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया