नबिल क्यालेन्डर सार्वजनिक
काठमाडौँ- ‘जलवायु परिवर्तनसम्बन्धी सचेतना तथा पर्यावरण प्रवर्द्धनप्रति दायित्वबोध’ मुख्य नाराका साथ नबिल बैंकले नयाँ वर्ष २०८० सालको नयाँ क्यालेन्डर सार्वजनिक गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानासँगै वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य लगायतले भित्ते पात्रो र टेबल क्यालेन्डर सार्वजनिक गरेका हुन् ।
नबिल क्यालेन्डरमा नेपाली १२ महिनाको मौसम तथा प्राकृतिक सौन्दर्यलाई दर्साउने फोटोहरू राखिएको छ भने सम्वर्द्धनको लागि आह्वान गरिएको छ ।
नबिल बैंकको यस कदमले सम्पूर्ण बैंकका कर्मचारी, सरोकारवाला, ग्राहक वर्ग, सञ्चालक समिति लगायत सम्पूर्ण जनतामा जलवायु परिवर्तन सम्बन्धी सचेतना फैलाउन र जीवनशैलीमा स–साना परिवर्तन गर्न अभिप्रेरित गर्ने सिइओ ढुंगानाको भनाइ छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया