Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

बैंक-वित्त

९ वाणिज्य बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही

इकागज |
बैशाख ८, २०८० शुक्रबार १५:१६ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले ९ वटा वाणिज्य बैंकहरूलाई कारबाही गरेको छ । राष्ट्र बैंकको नियम विपरीत काम गर्ने कूल ९ वटा वाणिज्य बैंकहरूलाई बैंक सुपरीवेक्षण विभागले कारबाही गरेको हाे । जसअनुसार तोकेको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) लाई कायम नगर्दा जरिवानामा परेका छन् ।

राष्ट्र बैंकले सीडी रेसियो कायम गर्न नसकेको सेन्चुरी बैंक (हाल प्रभु बैंक) लाई २ करोड ८४ लाख रुपैयाँको जरिवाना तिराएको हो । यसैगरी, नेपाल बैंकलाई १८ लाख ५९ हजार रुपैयाँ र नबिल बैंकलाई ६ करोड ४६ लाख ४५ हजार रुपैयाँ, सीडी रेसियो कायम नगर्दा ग्लोबल आइएमई बैंक ४ करोड ४२ लाख ४६ हजार रुपैयाँ, कृषि विकास बैंक ६९ लाख ५८ हजार रुपैयाँ र हिमालयन बैंक ७१ लाख ७२ हजार रुपैयाँ कारबाहीमा परेका छन् ।


राष्ट्र बैंकका अनुसार सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन निर्देशन उल्लंघन गरेको राष्ट्रिय वाणिज्य बैंकलाई १० लाख रुपैयाँ नगद जरिवाना गरिएको हो । 


Author

थप समाचार
x