बैंक-वित्त

कैलालीको गौरीगंगामा सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा

इकागज |
जेठ २, २०८० मंगलबार १९:३५ बजे

काठमाडौं–सनराइज बैंक लिमिटेडले कैलाली जिल्लाको गौरीगंगा न.पा.– ३, कुचैनी कैलालीमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या १०३ पुगेको छ । बैंकले गौरीगंगा न.पा.– ३, कुचैनी कैलालीमा खोलेको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा गणेश प्रसाद पौडेललाई नियुक्त गरेको छ । 

एक कार्यक्रममा प्रमुख अतिथिमा गौरीगंगा नगरपालिका वडा नम्बर ३, का वडा अध्यक्ष श्री मनिराज जोशी र सभापतीमा बैंकका अत्तरिया शाखाका प्रमुख मातृका खड्काको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा स्थानिय व्यापारी, बुद्विजिवी, समाजसेवी लगायत अन्य कार्यालयका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो।


बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण जस्ता सेवाहरु लिन सकिने जनाएको छ । व्यापार, कृषि र रेमिट्यान्सको मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको  बैंकले जनाएको छ ।

हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, १०३ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १६२ वटा ए.टि.एम मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ । 
 


Author

थप समाचार
x