बैंक-वित्त

सांसद हरि ढकालको नेतृत्वमा गभर्नर भेट्न पुगे लगानीकर्ता

इकागज |
असार ४, २०८० सोमबार १६:४६ बजे

फाइल फोटो

काठमाडौं - सेयर बजारका लगानीकर्ताहरुले सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव दिएका छन् । सांसद हरि ढकालको नेतृत्वमा गएको लगानीकर्ताको टोलीले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको लागि ८ बुँदे  सुझाव दिएको हो ।​

उनीहरूले सेयर धितोकर्जामा एकल ग्राहकलाई लगाइएको १२ करोडको सीमालाई हटाउन माग गरेका छन् । सेयर धितोकर्जाको जोखिम भारलाई पुनर्विचार गर्न माग गरेका छन् । ब्रोकरमार्फत सेयर धितोकर्जा प्रभावकारी बनाउनको लागि १० अर्बको कोष खडा गर्न माग गरेका छन् ।​


बैंक तथा वित्तीय संस्थामा हुने तरलता अभाव, ब्याज दर वृद्धि र मौद्रिक नीतिमा हुने परिवर्तनको चक्रबाट सेयर बजारमा हुने प्रभाव कम गर्ने लगायतका माग राखेका छन् । केन्द्रीय बैंकको प्रावधानअनुसार चालू आर्थिक वर्षको सकिएको एक साताभित्र आगामी आर्थिक वर्षको लागि मौद्रिक नीति सार्वजनिक गर्नुपर्छ । सोहीअनुसार अहिले केन्द्रीय बैंकले आगामी वर्षको मौद्रिक नीतिको लागि सरोकारवालासँग सुझाव मागेको छ ।


Author

थप समाचार
x