अब 'आइएमई पे' मा शाइन रेसुङ्गा विकास बैंकको मोबाइल बैंकिङबाट सिधै क्यास लोड गर्न सकिने
काठमाडौँ– नेपालको पहिलो डिजिटल वालेट 'आइएमई पे'मा अब शाइन रेसुङ्गा विकास बैंकका सेवाग्राहीहरुले सजिलै क्यास लोड गर्न सक्ने भएका छन् ।
विभिन्न वित्तीय संस्था सँग आबद्ध भइ सेवाग्राहीहरुलाई विद्युतीय भुक्तानी सहज गराउने उद्देश्यका साथ आइएमई पेले शाइन रेसुङ्गा विकास बैंकसँग सम्झौता गरेको छ ।
सो सम्झौता अन्तर्गत अब शाइन रेसुङ्गा विकास बैंकका सेवाग्राहीहरुले बैंकको मोबाइल बैंकिङबाट सिधै आइएमई पेमा पैसा लोड गर्न सक्नेछन् ।
‘आइएमई पे'ले ग्राहकहरूको सुविधाको लागि सुरक्षित तथा नव प्रवर्द्धित सेवाहरूको माध्यमबाट क्यास-लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गरेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया