बैंक-वित्त

यस्तो छ कुमारी बैंकको क्यास ब्याक तथा दक्षिणा योजना

इकागज |
कात्तिक ३, २०८० शुक्रबार १०:५४ बजे

काठमाडौं– कुमारी बैंक लिमिटेडले नेपालीहरुको महान चाड बडा दशैंलाई लक्षित गर्दै हर्षोल्लासका साथ आफ्ना बचत खाताहरुमा विभिन्न आकर्षक सुविधासहित सार्वजनिक गरेको ‘बडा दशंै दक्षिणा’ र ‘क्यास ब्याक अफर’ योजना लाई थप समयको लागि निरन्तरता दिएको छ।       

नेपाली बैंकिङ्ग क्षेत्रमा अग्रपंक्तिमा रहेको कुमारी बैंक लिमिटेडकोे ‘क्यास ब्याक अफर’ योजनाले महान चाड दशैंको हर्षोल्लासलाई थप अभिवृद्धि गर्ने छ । यस योजनामा पनि कार्ड तथा मोबाइल बैंकिङ्ग मार्पmत भुक्तानि कारोबार गर्दा हरेक दिन पहिलो ५०/५० जनालाई बैंकद्वारा २५% अधिकतम ५०१ रुपँैया सम्म क्यास ब्याक दिइने छ । क्यास ब्याक रकम क्युआर पेमेन्ट तथा अनलाइन पेमेन्टबाट गरिने कारोबारमा प्रदान गरिनेछ ।


चाडबाडको यस अवसरमा कुमारी बैंक लिमिटेडले नेपाली समुदायको खुसीमा साथ दिन आफ्नो अटल प्रतिबद्धता स्वरुप उपरोक्त सुविधाहरु आगामी कातिक ६ देखि कातिक ११ गतेसम्मका लागि समेत निरन्तर रहने जनाएको छ । 

साथै, कुमारी बैंक लिमिटेडले बडा दशैं को विशेष दिन विजया दशमीका दिन आफ्ना ग्राहकहरुलाई थप आकर्षक सुविधा सहित ‘क्यास ब्याक अफर’ सँगै ‘बडा दशैं दक्षिणा’ योजना समेत सार्वजनिक गरेको छ ।     

यस योजनामा कात्तिक ७ गते विजया दशमीका दिन मोबाइल बैंकिङ्ग मार्पmत रकम स्थानान्तरण कारोबार गर्दा नदोहोरिने गरी पहिलोे १४०० जना ग्राहकहरुलाई बैंकद्वारा रु ५० क्यास ब्याक दिइने जनाएको छ । क्यास ब्याक का लागि योग्य हुन न्युनतम कारोबार रु १०० हुनुपर्नेछ ।  
 


Author

थप समाचार
x