Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

बैंक-वित्त

हमालयन बैंकले गर्‍यो विराटनगरको रोडशेष चोकमा सेवा विस्तार

इकागज |
जेठ २०, २०८१ आइतबार १८:२ बजे

काठमाडौँ- हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरूमध्ये विराटनगर शाखा–२ लाई स्थानान्तरण गरी रोडशेष चोक, विराटनगर महानगरपालिका वडा नं १२, मोरङबाट आज जेष्ठ २० गतेदेखि रोडशेष चोक शाखा, विराटनगरको नामबाट सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गरी संचालनमा ल्याएको छ ।

बैंकको उक्त शाखाको उद्घाटन उद्योग वाणिज्य संगठन मोरङका अध्यक्ष राकेश सुराणा तथा बैंकका कोशी प्रदेशका प्रदेश प्रमुख सन्तोष पराजुलीले बैंकका अन्य कर्मचारीहरूको उपस्थितिमा गरेका हुन् । 


हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा, २० विस्तारित काउन्टर, २६४ एटीएम,  ६,५०० भन्दा बढी (POS) टर्मीनल भनेको विद्युतीय भुक्तानी स्वीकार गर्ने एक उपकरण हो, जसको प्रयोगबाट विभिन्न मर्चेन्ट वा पसलहरूले ग्राहकले खरिद वा उपभोग गरेका वस्तु तथा सेवाको भुक्तानी हाल उपलब्ध विभिन्न विद्युतीय कार्डहरूमार्फत प्राप्त गर्न सक्छन् । र, १७,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरूबाट आफ्ना  ग्राहकहरूलाई विभिन्न बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 


Author

थप समाचार
x