बैंक-वित्त

प्रभु बैंक र यूएसएआइडीबीच सम्झौता, रोजगार सिर्जना गर्न परियोजना निर्माण गर्ने

इकागज |
जेठ २१, २०८१ सोमबार १९:५ बजे

काठमाडौँ- प्रभु बैंक लिमिटेड र यूएसएआइडी (USAID Trade & Competitiveness) बीच सम्झौता भएको छ । सम्झौता स्वदेशमै रोजगारीको सिर्जना गर्न कृषि तथा पर्यटन व्यवसाय गर्ने व्यवसायीहरूको विकासमा सहयोग पुग्ने गरी बागमती प्रदेशमा सञ्चालन गरिने ‘Empowering Agro & Tourism Industry for Sustainable Growth for Future Nepal' नामक परियोजनाका लागि सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा (USAID Trade & Competitiveness) का तर्फबाट प्रतिनिधि मार्कस् मुलरले र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले हस्ताक्षर गरेका छन् ।


सम्झौताअनुसार नेपालको अर्थतन्त्रलाई दिगो रूपमा लघु, साना र मध्यम आकारका उद्यमका लागि वित्तीय उत्पादन र सेवाहरूमा उपलब्धता र पहुँच बढाउन, आर्थिक वृद्धिले पछाडि परेकाहरूका लागि दिगो रोजगारी वृद्धि र आय सृजनाका अवसरहरूलाई प्रोत्साहन गर्न विशेष गरी कृषि र पर्यटन क्षेत्रहरूमा काम गर्ने साझा लक्ष्य रहेको छ ।


Author

थप समाचार
x