बैंक-वित्त

भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गर्दै प्रभु बैंक र सौराहाका १६ बढी होटल तथा रेष्टुरेन्टबीच छुट सम्झौता

इकागज |
जेठ २७, २०८१ आइतबार १९:१४ बजे

काठमाडौँ- प्रभु बैंकका कर्मचारी तथा ग्राहक वर्गहरूलाई भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गर्दै सौराहामा अवस्थित विभिन्न होटल तथा रेष्टुरेन्टसँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।

छुट्टाछुट्टै समारोहका बीच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट गण्डकी प्रदेश–५ की प्रमुख साँग्रीला श्रेष्ठ र सौराहा का शाखा प्रबन्धक मणि मानन्धरद्वारा हस्ताक्षर गरियो । 


सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहक वर्गहरूले बैंकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरूमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । 

प्राकृतिक, सांस्कृतिक, धार्मिक तथा मनोरञ्जनात्मक गतिविधिहरूले भरिपूर्ण भरतपुर जिल्ला विभिन्न प्राकृतिक छटाले भरिपूर्ण रमणीय पर्यटकीय स्थल का रूपमा चिनिन्छ । सौराहा, मेघौली, कसरा, देवघाटधाम जस्ता रमणीय एवं धार्मिक क्षेत्रको भ्रमण गर्नेहरूका लागि उपयुक्त गन्तव्य का रूपमा लिन सकिन्छ ।

विभिन्न देश तथा विदेशबाट यस स्थानमा पर्यटकहरूको आगमन हुने गरेको पाइन्छ । विश्वमै अति दुर्लभ एक सिङ्गे गैँडा, विभिन्न प्रजातिका चराचुरुङ्गी, मृग जस्ता जङ्गली जनावरहरू एवं वन तथा वन्यजन्तुहरूको आरक्षणको अवलोकनका निम्ति जिप सफारी, हात्ती सफारी र थारु समुदायको बाहुल्यता रहेको यस नगरीमा उनिीहरूको सांस्कृतिक,पुरातात्विक एवं मौलिक किसिमको नृत्य पर्यटकहरूका लागि मुख्य आकर्षणको केन्द्र हो ।

सो सम्झौता बमोजिम ग्राहक वर्ग तथा प्रभु बैंक लि.का कर्मचारीहरूका लागि आवासमा ८% देखि १५% तथा खाना तथा पेय पदार्थमा १० % देखि १५% सम्मका छुट प्राप्त गर्न सकिने छ ।

सहभागी होटेलहरूको सूची निम्नअनुसार समावेश छ: Hotel Aikawa Inn(Four Star Hotel), Sapana Village Lodge, Siddartha Villas Banbas,Chitwan (Hotel Banbas Chitwan ),Hotel Wildlife Camp, Park Safari Resort,Chautari Garden Resort, Rhino Lodge and Hotel, Hotel Royal Safari, The Park Century Hotel(Villagio Restaurent and Hotel), Travellers Jungle Camp, Hotel  Mirage, Open Sekuwa Corner, River View Jungle Camp, Himalayan In, Jungle Safari Lodge, Royal Tiger Luxury Hotel.

ग्राहकहरूको रोजाइको अग्रणी बैंकको रूपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरू, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरूलाई ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ । साथै छोटो समयको अन्तरालमा नै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ । 


 


Author

थप समाचार
x