बैंक-वित्त

एनएमबि बैंकका ग्राहकले कतार एयरवेजको टिकटमा १० प्रतिशतसम्म छुट पाउने

इकागज |
असार ६, २०८१ बिहीबार १०:४० बजे

काठमाडौँ- एनएमबि बैंकले कतार एयरवेजसँग साझेदारी गरी आफ्नो ग्राहकहरूलाई विशेष छुट उपलब्ध गराउने भएको छ । एनएमबि बैंकका ग्राहकहरूले कतार एयरवेजको वेबसाइटमार्फत हवाई भाडा खरिद गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । 

छुट प्राप्त गर्नको लागि नेपालबाट प्रस्थान गर्ने कतार एयरवेजको उडानको टिकट काट्दा, ग्राहकले अनलाइन प्रमोशनल कोड QRNMB24 प्रयोग गर्नुपर्ने जनाएको छ ।


यो अफरमार्फत ग्राहकहरूले सुपथ मुल्यमा आरामदायी उडानको लाभ लिन सक्नेछन् । साथै, कतार एयरवेज स्टुडेन्ट क्लबका विद्यार्थीहरूले थप लगेज लगायत अन्य विशेष सुविधा समेत पाउनेछन् ।  
 


Author

थप समाचार
x