बैंक-वित्त

कुमारी बैंकका ग्राहकले उप्स नेपालको गेम कार्ड रिचार्ज गर्दा १० प्रतिशत बोनस पाउने

इकागज |
असार ६, २०८१ बिहीबार १०:५० बजे

काठमाडौँ- कुमारी बैंक लिमिटेड र पशुपति रिक्रिएसन प्रा.लि (OOPS), धुम्बाराही-काठमाडौँबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई मनोरञ्जनात्मक पार्क उप्स नेपालको गेम कार्ड रिचार्ज गर्दा बोनस प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौताअनुसार कुमारी बैंकका ग्राहकहरूले OOPS मा उपलब्ध आर्केड, रिडेम्सन, भर्चुअल रियालिटी, सुटिङ्ग, रेसिङ्ग, जिपलाइन, क्लाइम्बिङ्गलगायत इन्डोर र आउटडोर खेलहरू खेल्न कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरद्वारा रिर्चाज गर्दा १० प्रतिशत बोनस रिचार्ज प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।


सुविधाबाट ग्राहकहरूले सहज र गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अझ धेरै मनोरञ्जन प्राप्त गर्न सफल भई ग्राहक सन्तुष्टि बढाउन मद्दत गर्नेमा बैंक विश्वस्त रहेको बैंकले जनाएको छ ।


Author

थप समाचार
x