बैंक-वित्त

मुद्रास्फीतिका आधारमा मौद्रिक नीति ल्याउँछौँ : गभर्नर अधिकारी

इकागज |
असार ११, २०८१ मंगलबार १४:१६ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुद्रास्फीतिका आधारमा मौद्रिक नीति ल्याउने बताएका छन् ।

मंगलबार काठमाडौँमा नेपाल आर्थिक पत्रकार समाजले मंगलबार आयोजना गरेको कार्यक्रममा गभर्नर अधिकारीले मुद्रास्फीति माथि हुँदा मौद्रिक नीति टाइट हुनु स्वाभाविक रहेको भन्दै मौद्रिक नीति लचिलो आउने अनुमान नगर्न सुझाव समेत दिए । उनले तथ्याङ्कको मूल्याङ्कन गर्दै मौद्रिक नीति ल्याउने तयारी भइरहेको जिकिर गरे ।


बजारबाट दिएको ऋणको समस्यालाई सरलीकृत गर्नका लागि राष्ट्र बैंकतर्फ बढी आशातीत भएको देखिएपनि राष्ट्र बैंकका आफ्नै सीमितता रहेको उनले बताए ।

गभर्नर अधिकारीले विरोधका लागि विरोध नभई निजी क्षेत्रका वास्तविक समस्याहरू आए समाधान गर्न केन्द्रीय बैंक तयार रहेको धारणा राखे ।

उनले बैंकमा ऋण लिँदा कमिसन लिने गरेको प्रश्न उठेको भन्दै यो ठूलो बैंकिङ अपराध भएकाले प्रमाणसहित ल्याउन आग्रह गरे । बिनाप्रमाणका आधारमा सार्वजनिक मञ्चमा आरोप लगाएर केही नहुने उनको भनाइ छ । 


Author

थप समाचार
x