बैंक-वित्त

एनएमबि बैंकले सातै प्रदेशमा मनायो एमएसएमई दिवस

इकागज |
असार १४, २०८१ शुक्रबार २१:२५ बजे

काठमाडौँ- एनएमबि बैंक लिमिटेडले सातैवटा प्रदेशमा एमएसएमई दिवस मनाएको छ । अन्तर्राष्ट्रिय एमएसइमई दिवस २०२४ को अवसरमा बैंकले सातै प्रदेशमा एमएसएमई ग्राहकहरूलाई सम्मान र सहयोग गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेर दिवस मनाएको हो ।

कार्यक्रममा एमएसएमईका ग्राहकहरूलाई लेखा, वित्त, मार्केटिङ्ग, डिजिटलाईजेशन जस्ता विषयहरूको जानकारी दिँदै यसबाट अधिकतम फाइदा लिएर व्यवसाय अभिवृद्धि गर्नका लागि उत्प्रेरित गरिएको बैंकले जनाएको छ ।


कार्यक्रममा उपस्थित ग्राहकबीच एक आपसमा सम्बन्ध जोड्न र ग्राहकको व्यवसाय प्रवर्द्धन गर्नका लागि बैंकले सहजीकरण गर्दै व्यवसायमा आइपरेको समस्याको समाधानका लागि सुझाव दिइएको थियो भने उपस्थित केही ग्राहकहरूले आफ्नो सफलताका कथाहरू समेत सुनाएका थिए । यस कार्यक्रममा बैंकका विभिन्न शाखाबाट ८०० जना भन्दा बढी ग्राहकहरू सहभागी भएका थिए ।

एमएसएमई लगायतका क्षेत्रलाई प्राथमिकतामा राख्दै आइरहेको यस बैंकले विगत ३ बर्षदेखि यो दिवस मनाउँदै आइरहेको छ । कार्यक्रममा उपस्थित ग्राहकले प्रतिस्पर्धात्मक बजारमा आफूलाई सशक्त बनाएर आफ्नो व्यापार व्यवसाय बढाउने समेतको आत्मविश्वास बैंकले प्रदान गरेको छ ।

एनएमबि बैंक विगत २८ वर्षदेखि बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । यो बैंक ‘दि फिनान्सियल टाईम्स’ लण्डनको द ब्यान्कर पत्रिकाद्वारा ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ मा पनि उक्त पत्रिकाद्वारा हाल सम्म चार पटक नेपालको उत्कृष्ट बैंकको उपाधि प्राप्त गरिसकेको छ ।

एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १८८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।


Author

थप समाचार
x