बैंक-वित्त

प्रभु बैंक र होटल हिमालयबीच विशेष छुट सम्झौता

इकागज |
असार १८, २०८१ मंगलबार १८:१६ बजे

काठमाडौँ- प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरूलाई कुपण्डोल ललितपुरमा अवस्थित होटल हिमालयसँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।

एक समारोहका बीच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ्ग अफिसर रबिन्द्र ढकाल र बजार व्यवस्थापक सबिन राणा तथा होटल 
हिमालयको तर्फबाट बिक्री प्रबन्धक भुपेश लेखकद्वारा हस्ताक्षर गरियो ।  सम्झौताअनुसार प्रभु बैंक लि.का कर्मचारी तथा ग्राहकहरूले बैंकसँगको आबद्धता प्रमाणका आधारमा होटलमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरूमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।


ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक महत्व बोकेको उपत्यकाको मुटुमा अवस्थित ललितपुरमा आन्तरिक तथा वाह्य पर्यटकका लागि लक्षित गरी चारतारे होटल हिमालय विगत ३७ वर्षदेखि ग्राहकहरूको सेवामा समर्पित छ ।

विदेशी तथा नेपालीहरू बीच निकै रुचाइएको यस होटलमा  Sauna, Steam, swimming pool, fitness center  लगायतको सुविधा रहेको छ । ग्राहकहरूको सेवाको लागि सोही परिसरमा दुई वटा रेष्टुरेन्ट रहेको छ ।

ग्राहकहरूको रोजाइको अग्रणी बैंकको रूपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०७ शाखा कार्यालयहरू, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरूलाई ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै, लण्डनस्थित दि फाइनान्सियल टाइम्सले बैंक अफ दि ईयर–२०२३ बाट सम्मानित प्रभु बैंक, छोटो समयको अन्तरालमा नै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।


Author

थप समाचार
x