Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

बैंक-वित्त

[भिडियो]

पुनर्निर्मित भवन हस्तान्तरण समारोहमा गभर्नर अधिकारीले भने- भूकम्पलाई धन्यवाद

इकागज |
असार २८, २०८१ शुक्रबार १८:२४ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीले भूकम्पले गर्दा नयाँ भवन पाएको बताएका छन् । शुक्रबार नेपाल राष्ट्र बैँकको पुनर्निर्मित भवन हस्तान्तरण समारोहमा उनले भूकम्पले क्षति गरेपछि नयाँ भवन बनेकाले भूकम्पलाई धन्यवाद दिनुपर्ने उनको भनाइ छ ।

भूकम्प नआएको भए नयाँ नबन्न सक्ने पनि उनले धारणा राखे । भवन संहिताको पूर्ण पालना गरेर आधुनिक भवन बनेको उनले उल्लेख गरे । निर्माण गरेको अवस्था हेर्दा अहिलेको भवन सय वर्षसम्म जान सक्ने उनले दाबी गरे ।


'राणाकालीनमा बनेको भवन तथा राणाले बनाएको भवन कार्यालय बनेको थियो,' उनले भने, 'त्यसबेला बनेको भवनमा बनेका कार्यालयहरू कामचलाउ थियो । कर्मचारीका लागि अहिले बनेको भवन तथा कार्यालय उपयुक्त छ । हिजोको अवस्था भने राम्रो थिएन ।'

आधुनिक भवनमा बसेर काम गर्दा कर्मचारीको जोश जाँगर बढ्ने गभर्नर अधिकारीले उल्लेख गरे । निर्माणकर्ता कम्पनी सिको समानान्तरलाई धन्यवाद प्रकट गरे ।

बजेटसँग तुलना गरेर हेर्दा एकदमै महत्त्वपूर्ण काम सम्पन्न भएको अधिकारीको भनाइ छ । यतिको बजेटमा बनेको भवन गर्व गर्न लायकको रहेको उनले खुलाए । सबैले गरेको मेहनतलाई हार्दिक आभार व्यक्त गर्न चाहेको उनले बताए ।

'भवनसँग सरोकार राख्ने सम्पूर्ण सरकारी कार्यालयलाई हार्दिक धन्यवाद दिन चाहन्छु,' उनले अगाडि थपे ।

भिडियो:

 


Author

थप समाचार
x