बैंक-वित्त

एनएमबि बैंकले ८.९९ प्रतिशतमा ७ वर्षका लागि इभि अटो लोन दिने

इकागज |
साउन १, २०८१ मंगलबार १७:३१ बजे

काठमाडौँ- एनएमबि बैंकले विद्युतीय सवारी साधनहरूमा ७ वर्षको अवधिका लागि मात्र ८.९९ प्रतिशत निश्चित ब्याजदरमा उपलब्ध गराएको छ । नेपालमा विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्ने र दिगो भविष्यलाई समर्थन गर्ने उद्देश्यका साथ बैंकले विद्धुतीय गाडी सेग्मेन्टमा कम ब्याजदरमै लोन उपलब्ध गरेको हो ।

ग्राहकहरूले अब सजिलै आफ्नो विद्युतीय सवारी साधन फाइनान्स गरी दिगो भविष्य तर्फ योगदान दिन सक्नेछन् । लचिलो भुक्तानी विकल्पहरू र द्रुत स्वीकृति प्रक्रियाहरूसहित, ग्राहकहरूले सजिलै एनएमबि सुलभ अटो लोन लिन सक्नेछन् । एनएमबी बैंकले हाल देशभर २०१ शाखाहरू, १८७ एटिएम र ११ एक्स्टेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएकाे छ ।



Author

थप समाचार
x