बैंक-वित्त

प्रभु बैंकमा राखिएको १ करोड बढी पैसा गायब

इकागज |
साउन १७, २०८१ बिहीबार १६:० बजे

फाइल फोटो

काठमाडौं - झापाका पत्रकार टिकाराम नेपालको फिक्स डिपोजिटमा राखेको १ करोड बढी पैसा गायब भएको छ । श्रीमती मन्जु कुमारी नेपालका नाममा प्रभु बैंकको स्थानीय शाखामा जम्मा गरेको १ करोड १० लाख ४३ हजार रुपैयाँ गायब भएको हो ।

नेपालले गत माघ तीन गते ६ महिनाका लागि सो रकम फिक्समा राखेका थिए । तीन महिना अमेरिका बसेर फर्किएका नेपाल दम्पतीले बैंकमा राखेको पैसा निकाल्न जाँदा पैसा नै गायब भएको खुलासा भएको हो ।


बैंकका कर्मचारीले सम्बन्धित व्यक्तिको नाम र खाता नम्बर मागेर कम्प्युटरमा ‘सर्च’ गर्दा रकम गायब थियो ।  नेपालले बुधबार पत्रकार सम्मेलन गर्दै पैसा गायब भएको जानकारी गराएका हुन् ।

उनले आफ्नो पैसा गायब भएको बारे बैंक जवाफदेही हुनुपर्ने बताए । 

 बैंकका मार्केटिङ म्यानेजर भद्रपुर निवासी प्रमोद सिटौलाले रकम अपचलन गरेको बैंकको दाबी छ । सिटौला ​सम्पर्कविहीन छन् ।


Author

थप समाचार
x