बैंक-वित्त

कुमारी बैंकमा खाता हुनेले समाज डेन्टलमा छुट पाउने

इकागज |
साउन २४, २०८१ बिहीबार १०:४३ बजे

काठमाडौँ- कुमारी बैंक लिमिटेड र नयाँ बानेश्वर काठमाडौँस्थित समाज डेन्टल प्रालिबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई हस्पिटलबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

सम्झौताअनुसार कुमारी बैंकका ग्राहकहरूले समाज डेन्टलका नयाँ बानेश्वर काठमाडौँ, जावलाखेल चोक–ललितपुर, राधेराधे–भक्तपुर, सनसिटी–पेप्सीकोला, बसुन्धरा चौकी– काठमाडौँ, सितापाइला चोक–काठमाडौँ, बौद्ध–जोरपाटी, कौशलटार–भक्तपुर, इमाडोल–ललितपुर, बनेपा– काभ्रेस्थित सेवाकेन्द्रबाट सेवा लिए बापत कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा QR बाट भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।


कुमारी बैंकका ग्राहकहरूलाई उक्त सेवा केन्द्रहरूमा रजिष्ट्रेसन शुल्क र चिकित्सक सल्लाह शुल्क निशूल्करुपमा उपलब्ध हुनेछ । यस सुविधाबाट सेवाग्राहीहरूले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको जनाएको छ ।


Author

थप समाचार
x