रिटेल पेमेन्ट स्वीचको भुक्तानी कारोबारमा वृद्धि मासिक रु ५०० अर्ब भन्दा बढि कारोबार
काठमाडौँ- रिटेल पेमेन्टले २०८१ असार मसान्त सम्म ने.रु. ६७३ अर्बको कारोबार गरेको छ । यो कारोबार रकमको आधारमा गत वर्षको तुलनामा ३८ प्रतिशतले वृद्धि भएको हो भने कारोबार संख्याको आधारमा ४९ प्रतिशतले वृद्धी भएको छ ।
यसरी गत ४ महिनामा मासिक रु.५०० अर्ब भन्दा बढिको कारोबार भएको छ । जेष्ठ महिनामा रु. ५७७ अर्ब, वैशाख महिनामा रु. ५२७ अर्ब र चैत्र महिनामा रु.५१७ अर्ब गरी गत आ.व. मा भुक्तानी कारोबारहरू भएका हुन् । आ.व.२०८०/८१ मा मार्फत कुल ने.रु. ५,६९७ अर्ब बराबरको भुक्तानी कारोबार भएको छ ।
नेपाल राष्ट्र बैंकबाट प्रकाशित पेमेन्ट्स इन्डिकेटर अनुसार च्एक् बाट हुने भुक्तानी कारोबार चेक, आइपिएस, मोबाइल बैंकिङ्ग तथा कार्डबाट हुने गरेको कारोबार भन्दा बढि रहेको छ ।
२०७८ पौष देखि एक छुट्टै च्यानलको रुपमा अन्तर्गत कार्यान्वयनमा रहेको छ । कारोबार संख्या र रकमको आधारमा ४ गुणाले वृद्धि गरेको छ । यसबाट डिजिटल भुक्तानीमा उल्लेख्य बृद्धि भई क्यासलेस सोसाइटी तर्फको यात्रालाई थप टेवा पुगेको बुझ्न विश्वास गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया