बैंक-वित्त

१५ करोड बढी अपचलन गर्ने एभरट्रष्ट सहकारीका उपाध्यक्षसहित पाँच जना पक्राउ

इकागज |
भदौ १६, २०८१ आइतबार १९:३६ बजे

काठमाडौँ - एभरट्रष्ट बचत तथा ऋण सहकारी संस्था लि. को रकम हिनामिना गर्ने उपाध्यक्षसहित ५ जना पक्राउ परेका छन् । 

काठमाडौँ महानगरको वडा नम्बर ७ स्थित चुच्चेपाटीमा कार्यालय रहेको सो सहकारीले बचतकर्ताको १५ करोड ९१ लाख अपचलन गरेको आरोपमा उपाध्यक्ष बबिता डंगोलसहित पाँच जनालाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो । 


पक्राउ पर्नेमा डंगोलसहित सचिव कान्छाभाई डंगोल, कोषाध्यक्ष विष्णुप्रसाद फुयाल, सदस्यहरू रामलाल महर्जन, अमरभाई महर्जन रहेका छन् । पक्राउ परेका सबै पाँच जनालाई काठमाडौँ जिल्ला अदालतबाट ८ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको ब्यूरोले जनाएको छ ।
 


Author

थप समाचार
x