बैंक-वित्त

कुमारी बैंकका ग्राहकले काठमाडौँ नेत्रालय सुपर इसपेसियालिटीमा १० प्रतिशत छुट पाउने

इकागज |
भदौ २०, २०८१ बिहीबार १२:१८ बजे

काठमाडौँ- कुमारी बैंक लिमिटेड र गोल्फुटार, काठमाडौँस्थित काठमाडौँ नेत्रालय सुपर इसपेसियालिटी आइ केयर सेन्टर प्रालिबीच बैंकका ग्राहकहरूलाई केयर सेन्टरबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौताअनुसार काठमाडौँ नेत्रालय सुपर इसपेसियालिटी आइ केयर सेन्टरबाट बैंकका ग्राहकहरूले चिकित्सक परामर्श/जाँच, अनुसन्धान र शल्यक्रियामा बैंकको डेबिट/क्रेडिट कार्ड, मोबाइल बैकिङ्ग सेवाबाट रकम भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने जनाएका छन् ।


सुविधाबाट सेवाग्राहीहरूले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको जनाएको छ ।


Author

थप समाचार
x