बैंक-वित्त

तीजमा कुमारी बैंकको क्यास ब्याक योजना

इकागज |
भदौ २०, २०८१ बिहीबार १२:३७ बजे

काठमाडौँ- कुमारी बैंक लिमिटेडले नारीहरूको महान चाड हरितालिका तीजलाई लक्षित गर्दै आफ्नो बैंकमा रेमिट्यान्स प्राप्त हुने गरि खोलिएका महिला खातावाल लाई लक्षित गरी तीजको स्वरुप क्यास ब्याक योजना सञ्‍चालन गरेको छ ।     

निरन्तर रुपमा सरल, सहज तथा नविनतम सेवा सुविधा दिँदै आएको कुमारी बैंक लिमिटेडले विदेशबाट रेमिट्यान्स प्राप्त हुने गरि खोलिएका महिला लाभग्राहिहरूका खाताहरूबाट डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गमार्फत रकम भुक्तानी गर्दा तिजको शुभकामना स्वरुप भदौ २० गतेदेखि २६ गतेसम्म प्रत्येक दिन २५ सेवाग्राहिलाई रु. १०० को क्यास ब्याक योजना सञ्‍चालनमा ल्याएको जनाएको छ । यस योजनाबाट सेवाग्राहिहरूको विद्यूतिय भूक्तानी प्रयोगमा टेवा पूग्ने विश्वास बैंकले लिएको छ ।  



Author

थप समाचार
x